उपसभामुखको चुनावमा रुबीको पक्षमा मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ । उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामाबिच प्रतिस्पर्धा हुँदैछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *