कृषि विकास बैंकद्धारा किसानलक्षित भित्ते पात्रो सार्वजनिक

काठमाडाैं । व्यवसायीक तरकारी खेती तथा तरकारी खेती मूल्य श्रंखलाको सुदृढीकरणमा जोड दिने उद्धेश्यले ‘व्यवसायीक तरकारी खेती’ Theme सहित कृषि विकास बैंकले २०८३ सालको भित्रे पात्रो सार्वजनिक गरेको छ ।

विशेषगरी यस पात्रोमा विभिन्न तरकारीहरूको महत्त्व, उत्पादन विधि र पोषण सम्बन्धी जानकारी समेटिएको छ, जसले किसान तथा सर्वसाधारणलाई उपयोगी ज्ञान प्रदान गर्ने उद्देश्य राखेको देखिन्छ ।

पात्रोमा टमाटर, गाजर र आलुजस्ता प्रमुख तरकारीहरूको तस्वीरसँगै तिनको खेती प्रविधि, उपयुक्त मौसम, मलजल व्यवस्थापन तथा रोग नियन्त्रणका उपायहरू समावेश गरिएकाे कृषि विकास बैंकले जनाएकाे छ। उदाहरणका लागि, टमाटर खेतीका लागि उपयुक्त तापक्रम र सिँचाइ व्यवस्थापनबारे जानकारी दिइएको छ भने गाजरमा पाइने भिटामिन ‘ए’ को महत्त्व र यसको स्वास्थ्य लाभ उल्लेख गरेकाे छ। त्यस्तै, आलुको उत्पादन बढाउन बीउ छनोट र खेत तयारी बारे पनि स्पष्ट सन्देश दिएको छ ।

यस पात्रोको अर्को महत्त्वपूर्ण पक्ष भनेको ‘सरल कर्जा‘ र ‘आधुनिक कृषि’ जस्ता सन्देशमार्फत बैंकले कृषकलाई वित्तीय पहुँच विस्तार गर्न प्रोत्साहित गर्नु हो। कृषि ऋणको सहज उपलब्धता, व्यवसायिक खेतीतर्फ आकर्षण र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बैंकको भूमिका प्रस्ट रूपमा झल्काएको छ ।

समग्रमा, कृषि विकास बैंकको यो भित्ते पात्रो केवल मिति हेर्ने माध्यम मात्र नभई कृषि ज्ञान र सचेतना फैलाउने सशक्त उपकरण बनेको छ। यसले किसानलाई आधुनिक प्रविधि अपनाउन प्रेरित गर्नुका साथै तरकारी उत्पादन वृद्धि गरी पोषण सुरक्षा र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा बैंकले गरेकाे छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *