रास्वपाको समर्थन हर्कको श्रम संस्कृति पार्टीलाई, रूवी बन्ने भइन् उपसभामुख

काठमाडौँ। उपसभामुखको उम्मेदवार मनोनयको अन्तिम घडीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ।

यसअघि राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपाले आफूहरूलाई समर्थन गर्ने बताएका थिए। तर अन्तिममा रास्वपाले  श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ।

जसअनुसार श्रम संस्कृति पार्टीका सांसद २५ वर्षीया रूवी कुमारी ठाकुर अब उपसभामुख बन्नेछिन्। उपसभामुखका लागि उनले उम्मेदवारी मनोनय पनि गरेकी छन्। उम्मेदवारी मनोनयनमा रास्वपाका सांसद अशोक कुमार समर्थक बसेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *