नेपालको चुच्चे नक्सा अगाडी भारतीय राजदूतसँग प्रधानमन्त्री शाह

काठमाडौं । नेपालले सार्वजनिक गरेको ‘चुच्चे नक्सा’प्रति असहमति जनाउँदै आएको भारतको धारणा बीच नयाँ कूटनीतिक सन्देश देखिएको छ।

बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोही नक्सा अगाडि तस्बिर खिचाएका छन्।

यसअघि कूटनीतिक भेटघाटका क्रममा भारतीय पक्षले उक्त नक्सासँग तस्बिर खिचाउन अस्वीकार गर्दै आएको सन्दर्भमा यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाहले सोही दिन नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक भेटघाट तथा संवाद गरेका थिए।

भेटमा भारतसहित विभिन्न मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा राजदूतहरूले प्रधानमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको कामना व्यक्त गरे।

साथै, नेपालको विकास र जनहितका कार्यक्रमहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता पनि जनाए।

प्रधानमन्त्री शाहले नेपालले अवलम्बन गरेको सन्तुलित, व्यावहारिक र स्वतन्त्र परराष्ट्र नीतिलाई पुनः स्पष्ट पार्दै छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक विश्वास, सम्मान र सहकार्यका आधारमा सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *