काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसरमा एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि अनलिमिटेड सुविधासहितको नयाँ कम्बो प्याक सार्वजनिक गरेको छ। कम्पनीले कल र इन्टरनेट सेवाको शुल्क उल्लेखनीय रूपमा घटाउँदै आकर्षक अफर ल्याएको जनाएको छ।
यस प्याकअन्तर्गत ग्राहकले २८ दिनसम्म अनलिमिटेड डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल, दैनिक १०० एसएमएस तथा Lionsgate Play मा निःशुल्क पहुँच पाउनेछन्।
कम्पनीका अनुसार यसअघि रु १९९९ पर्ने अनलिमिटेड सेवा अब करसहित रु ६९९ मा उपलब्ध गराइएको छ, जसबाट झन्डै करिब ६५ प्रतिशतसम्म शुल्क घटेको कम्पनीले जनाएको छ।
यो सेवा ग्राहकले *१२३# डायल गरेर सजिलै सक्रिय गर्न सक्नेछन्। साथै, Ncell App, नजिकैका एनसेल सेन्टर वा आधिकारिक विक्रेतामार्फत पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार दूरसञ्चार सेवाको बढ्दो आवश्यकता ध्यानमा राख्दै यस्तो योजना ल्याइएको हो। उनले यो प्याकले कम मूल्यमा उच्च सुविधा प्रदान गर्दै ग्राहकलाई निरन्तर कनेक्टेड राख्ने विश्वास व्यक्त गरेका छन्।
उनले डिजिटल जीवनशैलीलाई टेवा पुर्याउने उद्देश्यले यो योजना ल्याइएको बताउँदै अनलाइन कारोबार, घरबाटै काम, अध्ययन, गेमिङ तथा मनोरञ्जनलाई सहज बनाउने लक्ष्य रहेको उल्लेख गरे।
यस प्याकमार्फत उपलब्ध Lionsgate Play एपबाट ग्राहकले हलिउड चलचित्र, टिभी कार्यक्रम, ओरिजिनल सामग्री तथा वृत्तचित्रहरू हेर्न सक्नेछन्। उक्त एप Google Play Store, Apple App Store र Amazon Fire TV Stick मा उपलब्ध रहेको छ।






