‘कूटनीतिक आचारसंहिता’बारे मन्त्रीहरूलाई परराष्ट्रको प्रशिक्षण

काठमाडौं । परराष्ट्र मन्त्रालयले कूटनीतिक मर्यादा र आचारसंहिताबारे नयाँ सरकारका मन्त्रीहरूलाई प्रशिक्षण दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रीलाई राखेर ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ शीर्षकमा प्रशिक्षण दिएको हो ।

मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएको प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)की प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

परराष्ट्र सचिव राईले मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत जानकारी दिएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *