जुन भूतले ओलीलाई छलेको थियो, त्यही भूत बादलमा सवार छ : समानुपातिक सांसद यादव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद पुरुषोत्तम यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको ‘भूत’ अहिले एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’मा सरेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै यादवले भने, “जेनजी आन्दोलनसम्म प्रधानमन्त्री रहनुभएका ओलीज्यूलाई जुन भूतले सताएको थियो, अहिले त्यही भूत बादलज्यूमा सवार भएको देखिन्छ।”

उनले वर्तमान सरकार र संसद जेनजी आन्दोलनपछि बगेको रगतको पृष्ठभूमिमा बनेको उल्लेख गर्दै आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई रोजगारीको व्यवस्था कहिले हुन्छ भनी सरकारसँग प्रश्नसमेत गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *