आजदेखि सरकारी कार्यालय ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने

काठमाडौँ । आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजे नै खुल्ने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि नै खुल्ने भएका हुन् ।

बिहान ९ बजे नै खुल्ने सरकारी कार्यालय साँझ ५ बजे बन्द हुनेछन् ।

त्यस्तै, सरकारले गरेको हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय पनि आजदेखि नै लागू भएको छ ।

हरेक शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *