काठमाडौं । सर्वोच्च अदालत ले केपी शर्मा ओली र रमेश लेखक लाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखेको छ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेल को इजलासमा आइतबार प्रारम्भ भएको सुनुवाइ समय अभावका कारण स्थगित गरिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले जानकारी दिए।
ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखक ले चैत १५ मा दायर गरेको रिटमा गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिहाइ माग गरिएको छ।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मात्रै पक्राउ गर्नु कानुनसम्मत नभएको उल्लेख छ।
Artha Sanjal






