सभामुख निर्वाचन चैत २२ मा, आज उम्मेदवारी दर्ता

काठमाडौं। संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुखका निम्ति आज उम्मेदवारी दर्ताको समय तोकेको छ।

संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि चैत २२ मा निर्वाचन हुनेछ।

तालिकाअनुसार आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

संघीय संसद् सचिवालय सिंहदरबारमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। दिउँसो २ः३० बजे उम्मेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुख उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।

१८२ सिटसहित दुई तिहाइ नजिक रहेकाले रास्वपा उम्मेदवार अर्याल सभामुख बन्ने निश्चित छ।

प्रतिनिधिसभामा झिनो मत हुँदा प्रतिपक्षी दलबाट हालसम्म सभामुखका लागि कुनै पनि उम्मेदवारको नाम घोषणा भएको छैन।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *