काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय ललितपुर ले टिकटकर तुलसा अधिकारी विरुद्ध ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको छ।
अभियोगअनुसार अधिकारीसहित १० जनाले एक अटोमोबाइल व्यवसायीलाई ‘हनी ट्र्याप’ मा पारेर ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेका छन्। पीडितबाट पटक–पटक गरी ठूलो रकम असुलेको दाबी गरिएको छ।
प्रहरी अनुसन्धानले धम्की र ब्ल्याकमेलिङमार्फत रकम असुलेको देखाएको छ। उक्त रकम विदेशमा पठाएर हुन्डीमार्फत चीनसम्म पुर्याइएको आरोप पनि लगाइएको छ।
घटनाका मुख्य योजनाकार भनिएकी अधिकारी हाल फरार रहेको र अन्य आरोपितहरूमाथि पनि कारबाहीको माग गरिएको छ।
Artha Sanjal






