सर्वसाधारणलाई एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ देखि

काठमाडौं: एपोलो हाइड्रोपावर लिमिटेडले यही चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ३० गते हुने र ढिलोमा २०८३ वैशाख १० गते हुनेछ।
कम्पनीले सञ्चालन गरेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.४३ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *