सिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति ,इरानसँगको बढ्दो तनाव र उनको कार्यशैलीलाई ‘अधिनायकवादी’ भन्दै शनिबार अमेरिकाभर व्यापक विरोध प्रदर्शन भएका छन्।
‘नो किंग्स’ (राजा चाहिँदैन) अभियान अन्तर्गत तेस्रो चरणको आन्दोलनमा अमेरिकाका सबै ५० राज्यका ३,२०० भन्दा बढी स्थानमा कार्यक्रम आयोजना गरिएको आयोजकहरूले जनाएका छन्। अघिल्ला चरणझैँ यसपटक पनि लाखौँ मानिस सडकमा उत्रिएका छन्। विशेषगरी New York City, Dallas, Philadelphia र Washington, D.C. मा विशाल र्याली देखिएका छन्।
आयोजकका अनुसार साना सहर र समुदायहरूमा पनि प्रदर्शन उल्लेख्य रूपमा बढेको छ। मिनेसोटामा भने आन्दोलन झन् उग्र बनेको छ। त्यहाँ यसै वर्ष अध्यागमन अधिकारीको गोली लागेर मारिएका नागरिकहरूको स्मरणमा हजारौँ प्रदर्शनकारी Minnesota State Capitol बाहिर भेला भएका थिए।
उक्त प्रदर्शनलाई सम्बोधन गर्दै डेमोक्रेटिक पार्टीका नेता Tim Walz ले ट्रम्पको नीतिको विरोध गर्नेहरूलाई अमेरिकाको “मुटु र आत्मा” भएको बताए। उनले भने, “हामी करुणा, सभ्यता, कानुनी शासन र लोकतन्त्रका लागि कट्टरपन्थी भएका हौँ।”
कार्यक्रममा चर्चित गायक ब्रुस स्प्रिङस्टिनले ले पनि ट्रम्पको आप्रवासन नीतिको आलोचना गर्दै प्रस्तुति दिएका थिए। त्यस्तै, सिनेटर बर्नी स्यान्डर्सलेले अमेरिकालाई अधिनायकवादतर्फ जान नदिने चेतावनी दिएका छन्।
न्युयोर्क सिटीको म्यानहटनमा आयोजित प्रदर्शनमा अभिनेता Robert De Niro ले ट्रम्पलाई अमेरिकी स्वतन्त्रता र सुरक्षाका लागि “अहिलेसम्मकै ठूलो अस्तित्वगत खतरा” भएको टिप्पणी गरे।
यता, रिपब्लिकन पार्टीले भने यी प्रदर्शनलाई “अमेरिका विरोधी गतिविधि” भन्दै आलोचना गरेको छ। पार्टीका प्रवक्ताले आन्दोलनलाई वामपन्थीहरूको “हिंसात्मक र भ्रमित मानसिकता” को परिणाम भएको आरोप लगाएका छन्।
वासिङ्टन डीसीको नेशनल मलदेखि मेरिल्याण्डसम्म प्रदर्शनकारीहरूले “तानाशाहीको विरोध गर” भन्ने नारा लगाएका थिए। डालसजस्ता केही स्थानमा भने प्रदर्शनकारी र उग्र दक्षिणपन्थी समूह प्राउड ब्वाइज बीच झडप समेत भएको जनाइएको छ।
समग्रमा, ‘नो किंग्स’ आन्दोलनले अमेरिकी राजनीति थप ध्रुवीकृत बन्दै गएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।









