बारको आकस्मिक बैठक बस्दै – ‘दिउँसै लालटिन बालेर न्यायको खोजी गर्ने’

काठमाडौं । नेपाल बार एसोसिएसनले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रले आजै आकस्मिक बैठक बोलाइएको र कामु प्रधानन्यायाधीश सपना मल्ल र मुख्य रजिष्ट्रार विमल पौडेललाई पनि भेट गर्न लागिएको जानकारी दिए ।

मिश्रका अनुसार बारको आकस्मिक बैठकमा ‘दिउँसै लालटिन बालेर न्यायको खोजी गर्ने’ सम्बन्धमा निर्णय गरिनेछ।’

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर गरिएको दरपिठ निवेदन दर्ता गर्न र पेसी समेत तोक्न आदेश दिएकी थिइन्। त्यसपछि कर्मचारीहरु कामै छोडेर बाहिरिएका थिए।

प्रशासनका मुख्य कर्मचारीहरू नै कुर्सी छाडेर हिँडेपछि। यसको विरुद्ध वकिलहरुले प्रर्दशनको तयारी गरेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *