बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग अन्तर्गत रोशी क्षेत्रको सडक बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीडाँडादेखि नेपालथोकसम्म करिब चार किलोमिटर डाइभर्सन बगाएपछि शुक्रबार साँझदेखि नै राजमार्ग ठप्प भएको हो। शनिबार रातिदेखि राजमार्ग नखुलेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

सडक विभाग, प्रहरी र स्थानीयको सहयोगमा अस्थायी सडक पुनर्निर्माण प्रयास भए पनि निरन्तर वर्षाका कारण सम्भव हुन सकेको छैन। पानीको बहाव घटेपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ।

गत वर्षको बाढीपहिरोपछि बनाइएको अस्थायी सडक पुनः बगाउँदा समस्या दोहोरिएको हो। बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने सात जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। साथै, बाढीले केही सवारीसाधन पनि बगाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *