ट्रम्पले १० दिन लम्ब्याए इरान ध्वस्त पार्ने अल्टिमेटम

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण रोक्ने निर्णय लम्ब्याएका छन्।

सुरुमा ४८ घन्टा भित्र ‘स्ट्रेट अफ हर्मुज’ नखुलाए इरानका सम्पूर्ण ऊर्जा केन्द्र ध्वस्त पार्ने धम्की दिएका ट्रम्पले इरानसँगक सकरात्मक छलफल भएको भन्दै उक्त अल्टिमेटमलाइ सोमबार ५ दिन लम्ब्याएका थिए। जुन अल्टिमेटम शुक्रबार सकिंदै थियो।

ट्रम्पले अझै केही समयका लागि योजना विस्तार गरेका छन्। उनले तेहरानसँग वार्ता जारी रहेको र धेरै राम्रो तरिकाले अघि बढिरहेको भन्दै उनले अल्टिमेटम लम्ब्याएका हुन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्, ‘इरानी सरकारको अनुरोध अनुसा म ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने कार्यलाई अझै १० दिनका लागि, सोमबार ६ अप्रिल २०२६ बेलुका ८ बजेसम्म स्थगित गर्दैछु।’

ट्रम्पले फक्स न्युज सँग उनीहरुले ७ दिनको समय मागेकोमा आफूले १० दिन दिएको बताए। उनले भने ‘उनीहरूले मेरा मानिसहरू मार्फत निकै नम्र तरिकाले मलाई भने ‘हामीलाई अझै केही समय दिन सकिन्छ?’ किनभने हामी भोलि रातको कुरा गर्दै थियौँ, जुन निकै छिटो हुने थियो। यदि उनीहरूले गर्नुपर्ने काम गरेनन् भने म उनीहरुका विद्युत् केन्द्रहरू ध्वस्त पारिदिन्छु।’ ट्रम्पले थपे ‘उनीहरूले सात दिन मागेका थिए, तर मैले भनेँ ‘म तिमीहरूलाई १० दिन दिन्छु,’ किनकि उनीहरूले मलाई जहाजहरू दिएका छन्।’

ट्रम्पका अनुसार उनको यो निर्णयका लागि इरानी अधिकारीहरू ‘धेरै आभारी’ भएका थिए। यस घोषणापछि बिहीबार बढेको तेलको मूल्य केही समयमै घटेको छ।

यसअघि क्याबिनेट बैठकमा ट्रम्पले भनेका थिए कि यदि इरानले शान्ति योजनामा सहमति जनाएन भने अमेरिका उसका लागि सबैभन्दा खराब बन्ने बताएका थिए। उक्त बैठकमै अमेरिकाका विशेष दूत स्टिभ विट्कफ ले अमेरिका इरानलाई १५ बुँदे शान्ति प्रस्ताव पठाइसकेको पुष्टि गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *