‘टीओबी समूह’ लाई कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले भदौ २३ र २४ गते प्रर्दशनमा हिंसात्मक घटनामा संलग्न टीओबी समूहलाई कारबाही सिफारिस गरेको छ ।

आयोगले टीओबी समूहले प्रदर्शनका लागि चाबाहिल ओम अस्पतालनजिक करिडोर हुँदै बिजुली बजारतिर आएको खुलाएको छ ।

जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त समूहलाई फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही सिफारिस गरेको हो ।

यता आयोगको प्रतिवेदन तयार हुनुअघि नै टीओबी समूहलाई प्रहरीले मुद्दा चलाइसकेको छ ।

काठमाडौं प्रहरीले टीओबी समूका मुख्य नाइके तेन्जिन दावालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको थियो । आयोगले भने फागुन २४ मा मात्र प्रतिवेदन बुझाएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *