काठमाडौँ। महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध किरण बिकले एकै दिन तीन निकायमा निवेदन दर्ता गरेका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र गृह मन्त्रालय मा निवेदन दिँदै पासपोर्ट रोक्कासम्मको माग गरेका हुन्।
निवेदनमा “होप फर्टिलिटी” मार्फत अवैध डिम्ब (human egg) व्यापार तथा नाबालिकाको संलग्नतासम्बन्धी गम्भीर आरोप उल्लेख गरिएको छ।
उक्त प्रकरणमा भण्डारीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता हुन सक्ने र स्वार्थको द्वन्द्व देखिएको तथा पदको दुरुपयोग भएको आशंका व्यक्त गरिएको छ।
बिकले सम्बन्धित मुद्दामा प्रभाव पारिएको वा मुद्दा फिर्ता गराइएको हुन सक्ने दाबी गर्दै निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्। साथै, अनुसन्धान प्रभावित हुन नदिन भण्डारीको पासपोर्ट रोक्का गरी यात्रा प्रतिबन्ध लगाउनुपर्ने मागसमेत गरेका छन्।
यसअघि पनि बिकले विभिन्न स्थानमा एकल विरोध प्रदर्शन गर्दै आएका थिए।
उनले नेपाल बार काउन्सिल मा भण्डारीविरुद्ध लाइसेन्स खारेजीको पहल गरेका थिए। तर आवश्यक विवरण अपुग भएको जनाउँदै, उनले पुनः निवेदन दिने तयारी गरेको बताएका छन्।







