काठमाडौं। फागुन २१ को निर्वाचनमा पराजित हुन पुगेको नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। बैठक आज मुख्यालय सानेपामा बिहान ११ बजे बोलाइएको हो।
बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यले आजको बैठकमा आ–आफ्ना धारणा राख्ने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका अनुसार बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन्।
मंगलबारको बैठक सुरुमा सभापति गगनकुमार थापाले आगामी भदौ २४÷२६ गतेसम्म १५औं अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।






