प्रि ओपन सेसनमा करिब १४ अंक बढ्यो नेप्से

काठमाडाैं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा १३.९३ अंक बढेर २८९०.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.८१ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १३० स्टकको ४६० पटकको कारोबारमा ९ करोड ३ लाख ५ हजार ५३८ रुपैयाँ ५० पैसाबराबरको २ लाख २७ हजार ६१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८४ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी १४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *