काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि आफ्ना शेयरधनीका लागि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १००ः१० अनुपात अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।
शेयरधनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’ का साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यो हकप्रद शेयरमा २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्न गत फागुन १७ गते बुक क्लोज गरेको थियो। यसको अर्थ आज फागुन १४ गते (फागुन १५ गते शुक्रबार र फागुन १६ गते शनिबार)सम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।






