यूएईको हवाई क्षेत्र फेरि बन्द, सयौं उडान स्थगित

काठमाडौं। संयुक्त अरब इमिरेटस् (युएई)ले हवाई अकास खुला गरेको केही घन्टामै पुनः बन्द गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले गरेको ड्रोन आक्रमणपछि आगलागीको हुँदा  दुबई नागरिक उड्डयन प्राधिकरणले पूर्वसावधानीको उपाय अपनाउँदै दुबई अन्तर्राष्ट्रिय विमानस्थलका उडान अस्थायी रूपमा स्थगित गरेको थियो।

उक्त प्रतिबन्ध हटेसँगै देशको राष्ट्रिय ध्वजावाहक मध्येको एक इमिरेट्स एयरलाइन्सले सोमबारबाट कटौती गरिएको उडान तालिका (रेड्युस्ड फ्लाइट सेड्युल) सहित सेवा सुरु गरेको थियो।

तर, उडान सुचारु भएको केही घन्टामै फेरि हवाई क्षेत्र बन्द गरिएको हो। मध्यपूर्वको युद्धका कारण हवाई सेवा प्रभावित हुँदै आएको छ।

इरानले इजरायल र अमेरिकाले आक्रमण गरेपछि प्रत्याक्रमणस्वरुप छिमेकी देशमा रहेका अमेरिकी सैनिक बेस क्याम्पलाई लक्षित गर्दै ड्रोन र मिसाइल हानिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *