वाणिज्य बैंकको एक अर्ब निक्षेप संकलन हुँदा तीन अर्ब कर्जा लगानी

वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक साताको अवधिमा बैंकिङ प्रणालीमा जम्मा एक अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ भएको छ ।

बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक साताको अवधिमा १ अर्ब रुपैयाँ थपिएर १६ गतेसम्म आइपुग्दा निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । वैशाख ९ गतेसम्म बैंकबाट ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । संघका अुनसार वैशाख १६ गतेसम्म बैंकको कर्जा–निक्षेप अनुपात ९सीडी० रेसियो ९०.९९ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *