घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य दुई हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य २०५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *