टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बिक्री खुल्यो

काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ बिक्री खुलाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।

यसमध्ये १२ लाख कित्ता आईपीओ आयोजना प्रभावितका लागि र ३ लाख ३ हजार ६७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरेको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा भोजपुरका स्थानीयले र विदेशमा रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

कम्पनीले १ लाख ५१ हजार ५३३ कित्ता आईपीओ सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी सम्पूर्ण कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

यो आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आयोजना प्रभाविततर्फको आईपीओ निष्कासन बन्द छिटोमा चैत ११ र ढिलोमा चैत २६ मा हुनेछ भने वैदेशिक रोजगारीतर्फको आईपीओ निष्कासन बन्द छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते हुनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *