काठमाडौँ। हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई फागुन २५ गते हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।
स्वीकृतिअनुसार कम्पनीले १ः०.५ अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरका ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।







