एसियाली विकास बैंकले नेपाललाई झण्डै ६ अर्ब ऋण दिन स्वीकृत

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई चार करोड अमेरिकी डलर ऋण दिन स्वीकृत गरेको छ। यो रकम करिब ५ अर्ब ८७ करोड रुपैयाँ बराबर हो।

डिजिटल रुपान्तरण र नागरिक र व्यवसायका लागि उच्च प्रभावका डिजिटल सेवामा पहुँच विस्तार गर्न ऋण दिन लागिएको एडीबीले उल्लेख गरेको छ।

एडीबी र विश्व बैंकको पूर्ण द्विपक्षीय अवधारणाअन्तर्गत दक्षिण एसियामै पहिलोपटक नेपाल डिजिटल रुपान्तरण परियोजनालाई दिइने यस ऋणले देशको डेटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधारलाई बलिदयो बनाउने छ। यसले देशैभर डिजिटल सुरक्षा, आधुनिक र प्रयोगकर्ताकेन्द्रित सार्वजनिक सेवाका पूर्वाधारलाई थप मजबुत बनाउने एडीबीको अपेक्षा छ।

यो परियोजना नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयन गर्ने छ। यो नेपालको डिजिटल नेपाल फ्रेमवर्क २.०, १६औँ राष्ट्रिय योजना, ई गभर्नेन्स ब्लुप्रिन्ट र एडीबीको देशीय साझेदारी रणनीति २०२५/२०२९ सँग सम्बन्धित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *