डिशहोम र ‘डल्ले’बीच साझेदारीः सम्पूर्ण आउटलेटमा विशेष छुट

काठमाडौं । डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा सक्रिय कम्पनी डिशहोमले नेपालको चर्चित र लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’सँग नयाँ साझेदारीको घोषणा गरेको छ । यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकहरूले अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने भएका छन् ।

कम्पनीकाअनुसार यस साझेदारीमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटमा १० प्रतिशत छुट पाउनेछन् । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्नका लागि ग्राहकहरूले गुगल प्ले स्टोरबाट माइ डिशहोम एप डाउनलोड गरी, आफ्नो दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ । त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गरी, डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्न सकिनेछ ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका प्रबन्ध निर्देशक आलोक योन्जोन र डिशहोमका डेपुटी प्रडक्ट अफिसर आदित्य भट्टराईबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

डिशहोमले भने यो सहकार्यलाई इन्टरनेट र टेलिभिजन सेवा मात्र नभई जीवनशैली सेवातर्फको यात्राको अर्को कदमका रूपमा लिएको बताएको छ । कम्पनीका अनुसार, यस पहलले ग्राहकहरूलाई अतिरिक्त मूल्य, सुविधा र बचतको अनुभव दिलाउनेछ । डिशहोमले भविष्यमा पनि यस्ता सहकार्यहरू निरन्तर गर्दै आफ्ना ग्राहकहरूलाई थप लाभान्वित गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *