निर्वाचन प्रहरीलाई फागुन २८ मा सम्मानसहित बिदाइ गर्ने

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि खटिएका निर्वाचन प्रहरीले ४० दिनको कार्यअवधि पूरा गरेका छन् । नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरेको थियो।

फागुन २१ मा सम्पन्न भएको निर्वाचनपछि फागुन २८ मा देशभर उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिने जानकारी प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले दिएका छन्।

निर्वाचन प्रहरीलाई ४० दिनको सेवाबापत ३४ हजार ७७६ रुपैयाँ तलब, ८४६ रुपैयाँ तयारी खर्च र ४ दिनका लागि दैनिक ३०० रुपैयाँ खाजा खर्च दिइएको छ। पोसाकबापत छुट्टै रकमसमेत उपलब्ध गराइएको छ।

निर्वाचन सुरक्षामा खटिँदा ११ जना निर्वाचन प्रहरी र एक जना नेपाल प्रहरीका असईको मृत्यु भएको छ। ड्युटीमा मृत्यु भएकाका परिवारलाई सरकारले २० लाख रुपैयाँ बिमाबापत दिने जनाएको छ। कुल सेवा–सुविधामा करिब ७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *