जाजरकोटमा सत्तारुढ दलका कार्यकर्ताबीच भिडन्त, प्रहरीले गर्‍यो हवाई फायर

जाजरकोटको कुशे गाउँपालिका–९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूबीचको झडप रोक्न प्रहरीले हवाई फायर गरेको छ ।

माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूको बीचमा बुधबार दिउँसो पौने २ बजे झडप भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारप्रसारका क्रममा झडप भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

झडपलाई कम गर्न खोज्दा प्रहरीमाथि नै ढुंगा मुडा भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो ।

झडपमा परी कुशे–९ का कांग्रेस कार्यकर्ता २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रशासनले जनाएको छ । स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *