शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौं । रास्वपा नेतृत्वको सरकार बन्ने भएपछि नेप्सेमा दोस्रो पटक पोजेटिभ सर्किट ब्रेक भएको छ । पहिलो सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि १ मिनेटमै दोस्रो सर्किट लागेको हो।

चुनावपछि आज खुलेको पहिलो कारोबार दिन बजार खुले लगत्तै पहिलो सकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । कारोबार खुलेको १ मिनेटमा नै १०८.६० अंक बढेर सकारात्मक सर्किट लागेको थियो । अहिले फेरी बजार ११:२१ बजेर खुलेको बजारमा दोस्रो सर्किट ब्रेक भएको हो ।

नेप्से परिसूचक ५ प्रतिशत अर्थात १३५.७२ अंकले बढेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *