सुनसरी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी विजयी भएका छन्।
सो क्षेत्रका निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार उनले ४७ हजार ४२१ मत प्राप्त गरी विजयी भएका हुन्।
चौधरीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मतमात्र प्राप्त गरे।
त्यस्तै, नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत, श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले एक हजार ७८० र नेपाल कम्युनिष्ट पार्टीका दुर्गेशकुमार चौधरीले एक हजार ५५१ प्राप्त गरे।
उक्त क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।







