पोखरा । गण्डकीमा हालसम्म ५ सिटको टुङ्गो लागेको छ । कास्कीका २, स्याङ्जा १, मनाङ र मुस्ताङको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरेको छ । रास्वपाका ३ उम्मेदवार विजयी हुँदा काँग्रेसका २ उम्मेदवारले जितेका छन् ।
रास्वपाले कास्की २ र ३ तथा स्याङ्जा १ मा जित निकालेको हो । कास्की २ मा उत्तमप्रसाद पौडेल, ३ मा विना गुरुङ र स्याङ्जा १ मा धनञ्जय रेग्मी विजयी भएका छन् ।
उनीहरू तीन जनाले ठुलो अन्तरका साथ जित निकालेका हुन् । कास्की २ मा एमाले दोस्रो दल भयो भने अन्य २ क्षेत्रमा कांग्रेस दोस्रो बन्यो ।
यस्तै, मुस्ताङमा योगेश गौचन विजयी हुँदा मनाङमा टेकबहादुर गुरुङले जिते ।
मुस्ताङमा एमाले र मनाङमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दोस्रो भए ।
गोरखा १ को गणना अझै सुरु भएको छैन । बाँकी १२ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा रास्वपाले लिड गरिरहेको छ ।







