काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।







