संसद् र सर्वोच्च अदालतमा आगजनी गर्ने व्यक्तिहरू नै रास्वपाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका केही व्यक्तिहरू विगतमा संसद् भवन र सर्वोच्च अदालतमा भएको आगजनी घटनासँग सम्बन्धित गतिविधिका कारण विवादमा तानिएका छन्।

मोरङ–२ बाट उम्मेदवार बनेका कृष्णकुमार कार्कीले भदौ २४ गते संसद् भवनमा आगजनी भइरहेको दृश्य आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भेटिएको छ। मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की जेनजी आन्दोलन सुरु हुनुभन्दा केही दिनअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए। आगलागी भएको दिन उनको तस्बिर तथा भिडियो टिकटकमा व्यापक रूपमा फैलिएको थियो भने उनले स्वयंले पनि उक्त दृश्य फेसबुकमा पोस्ट गरेका थिए।

त्यस्तै, मोरङ–३ का उम्मेदवार गणेश कार्की पनि भदौ २३ गतेको आन्दोलनमा सहभागी भएको र संसद् भवन जलेको घटनाप्रति खुसी व्यक्त गरेको आरोपमा चर्चामा आएका छन्। चुनावी प्रचारका क्रममा मत माग्न जाँदा मतदाताले ‘सिंहदरबार जलाउने व्यक्ति होइन तपाईं?’ भन्दै प्रश्नसमेत गर्ने गरेको बताइएको छ।

रूपन्देही–२ बाट उम्मेदवार बनेका युवा अधिवक्ता सुलभ खरेल पनि सर्वोच्च अदालत आगजनीपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्ने व्यक्तिहरूमध्ये एक हुन्। सर्वोच्च अदालतसम्बन्धी सामाजिक सञ्जाल पोस्टबारे सुनुवाइका क्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इजलासमै प्रश्न उठाउँदा खरेल अचानक असहज भई ढलेका थिए।

यी घटनाहरू सार्वजनिक भएपछि निर्वाचनमा उम्मेदवारहरूको विगत गतिविधि र जिम्मेवारीबोधबारे बहस तीव्र बनेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *