महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि ढकाल–संघाई प्रतिस्पर्धा तीव्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा चैत २८ र २९ गते हुने भएपछि नयाँ नेतृत्व चयनको प्रतिस्पर्धा तीव्र भएको छ।

विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ स्वतः अध्यक्ष बन्ने निश्चित भएसँगै वरिष्ठ उपाध्यक्ष पदमा मुख्य प्रतिस्पर्धा देखिएको हो।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्।

उनलाई पूर्वअध्यक्षहरू चन्द्रप्रसाद ढकाल, पशुपति मुरारका, प्रदीपकुमार श्रेष्ठ, चण्डीराज ढकालरविभक्त श्रेष्ठको साथ रहेको जनाइएको छ।

यता, तीन वर्षअघि पराजित भएका रामचन्द्र संघाई पनि पुनः सोही पदमा प्रतिस्पर्धाको तयारीमा छन्।

उनको समूहमा सुरकृष्ण वैद्यको दाबीसमेत खुला छ। संघाई समूहले चैत ६ गते प्यानल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

महासंघले आगामी कार्यकालपछि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गर्दै विधान संशोधन गरेको छ।

संशोधित प्रावधान अञ्जान श्रेष्ठको कार्यकालपछि लागू हुनेछ। चुनाव नजिकिँदै जाँदा दुवै पक्षले जिल्ला दौडाहा र लबिङलाई तीव्र बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *