रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय रामेछाप का डीएसपी भोल भट्टका अनुसार रामेछाप नगरपालिका–२ देउरालीमा निर्वाचन कर्मचारी सवार गाडी भिरबाट खसेको प्रारम्भिक जानकारी आएको हो।

मन्थलीबाट रामेछाप–२ र ३ का बुथका लागि निर्वाचन सामग्री लिएर जाँदै गरेको गाडी देउराली सिरुवारी क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ।

उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *