काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले सेयर निष्कासन गरेर ७४ करोड ४६ लाख १३ हजार ७५० रुपैयाँ पुँजी संकलन लक्ष्य लिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।
Artha Sanjal






