निर्वाचनको मुखैमा सुटुक्क सिंगापुर हिँडे शेरबहादुर देउवा

काठमाडौं। शेरबहादुर देउवा गएराति सिंगापुर प्रस्थान गरेका छन्।

निर्वाचन आउन अब एक साता मात्र बाँकी रहेको संवेदनशील समयमा उनी सिंगापुर उडेका हुन्। सुरक्षा उच्च स्रोतका अनुसार देउवा राति पौने १२ बजे आफ्ना सहयोगी भानु देउवासहित त्यसतर्फ लागेका थिए।

देउवा निकट स्रोतले भने उनको भ्रमण स्वास्थ्य उपचारका लागि भएको दाबी गरेको छ। यसअघि गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परी घाइते भएपछि पनि देउवा उपचारका लागि सिंगापुर गएका थिए।

निर्वाचनको मुखमा भएको उनको यो भ्रमणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *