काठमाडौं — एपोलो हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १४) अन्तिम दिन हो।
कम्पनीले ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ।
त्यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत अर्थात ९४ हजार कित्ता (प्रति सेयर १०० रुपैयाँ अंकित) श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको हो।
न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ।
कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।
आयोजनाको अनुमानित लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ। साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र छुट दरमा १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।






