काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलाको ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ।







