कैलालीका सीमा नाका तीन दिन बन्द गरिने

काठमाडौ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कैलालीका भारतीय सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ। निर्वाचनलाई सुरक्षित र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले यो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार, नाका १८ फागुन राति १२ बजेबाट २१ फागुन राति १२ बजे सम्म बन्द रहनेछ।

जोशीले भनेअनुसार, २० फागुन राति १२ बजे देखि मतदान समाप्त नभएसम्म एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवा लगायतका अत्यावश्यक सेवाका सवारीसाधन र कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *