रास्वपा बागमती प्रदेशका नेता चौलागाईंले पनि पार्टी छाडे

चरीकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका नेता तथा बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन्।

रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं लामो समयदेखि संगठन विस्तार तथा निर्वाचन परिचालनमा सक्रिय रहँदै आएका थिए। दोलखा जिल्लामा पार्टी संरचना निर्माण र अभियान सञ्चालनमा उनको उल्लेखनीय भूमिका रहेको मानिन्थ्यो।

चौलागाईंले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन्। उनका अनुसार जनताको प्रत्यक्ष सुख–दुःखसँग जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक भए पनि त्यसतर्फ पार्टी गम्भीर नदेखिएको आरोप लगाएका छन्।

उनको बहिर्गमनले दोलखामा रास्वपाको संगठनात्मक अवस्थामाथि प्रश्न उठेको छ। जिल्ला तहमा यसले कस्तो प्रभाव पार्छ भन्नेबारे पार्टीभित्र चासो बढेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *