काठमाडौं। सिजी इलेक्ट्रोनिक्सअन्तर्गत ब्ल्याक डेकरका एयर प्युरिफायर नेपाली बजारमा बिक्री सुरु गरिएको छ।
सिजी इलेक्ट्रोनिक्सले ग्राहकको स्वास्थ्य, सुरक्षामा प्रतिबद्धता जनाउँदै बाह्य वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि घर र कार्यालयभित्रको हावालाई सुरक्षित र स्वच्छ राख्न नयाँ उत्पादन बिक्री सुरु गरिएको बताएको छ।
कम्पनीका अनुसार घरभित्रको प्रदूषण व्यवस्थापनका लागि भरपर्दो र प्रभावकारी समाधान ब्ल्याक डेकर एयर प्युरिफायर हुन सक्नेछ।
बदलिँदो मौसम, धुलो र धुवाँका कारण आमनागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर कम्पनीले सजगता अपनाउन अनुरोध गरेको छ।
विशेषगरी हिउँदे सुक्खायामको समय वायु गुणस्तर सूचकांक निरन्तर अस्वस्थकर स्तर १५० भन्दा माथि पुगिरहेको सन्दर्भमा बाहिरको प्रदूषित हावा र सूक्ष्म कणबाट बच्न सामान्य भेन्टिलेसन मात्र पर्याप्त हुँदैन।
यसै आवश्यकतालाई दृष्टिगत गरेर कम्पनीले ब्लयाक डेकरको एयर प्युरिफायर आकर्षक डिजाइन र शक्तिशाली ३ चरणको फिल्टरेसन प्रणालीको संयोजनमार्फत बजारमा भित्र्याएको हो।
यसले शुद्धता र ताजगी सुनिश्चित गर्छ भने जडान गरिएको विशेष ३ चरणको सुरक्षा प्रणालीअन्तर्गत प्रिफिल्टरले धुलो, कपाल र घरपालुवा जनावरको रौँ जस्ता ठूला कणलाई कैद गर्छ।
एक्टिभेटेड कार्बन फिल्टरले दुर्गन्ध र हानिकारक भोलाटाइल अर्गानिक कम्पाउन्डलाई सोस्न सक्ने कम्पनीको दाबी छ।






