काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।
दिउँसो १ बजेबाट सुरू हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देश–विदेशबाट प्रश्न लिँदै जवाफ दिने कांग्रेसले जनाएको छ ।
Artha Sanjal






