काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १८० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी तोलाको ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal






