वायु सेवा निगमका कर्मचारीले कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला लगाए

नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा कर्मचारीले ताला लगाएका छन् । कार्यकक्षमा ताला लगाउँदै अधिकारीको राजीनामा माग गरिएको नेपाल वायुसेवा निगमका कर्मचारीहरुले बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको विषयको सूचना मिडियामा लगेको भन्दै अधिकारीले निगममा कार्यरत वरिष्ठ सहायक देवराज ओझालाई कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दा कर्मचारी बेहोस भएका थिए ।

बेहोस भएका कर्मचारीलाई अधिकारी आफैँले आफ्नो गाडीमा हालेर अस्पताल लगेका थिए । अस्पतालमै कर्मचारीले अधिकारीलाई घेराउ गरेका थिए ।

अधिकारी केही दिनअघि मात्रै ओझालाई आफ्नै कार्यकक्षमा बोलाएर जागिरसमेत खाइदिने धम्की दिएका थिए । फेरि आज दोस्रोपटक अधिकारीले उनलाई आफ्नै कार्यकक्षमा बोलाएर धम्की दिँदै गर्दा ओझा बेहोस भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *