काठमाडौं । आज शेयर बजार घटेको छ । नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा बन्द भएको छ ।
आज ३३५ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ९४ करोडको शेयर कारोबार भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिडी पावरको कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्द धेरै बुद्धभुमी नेपाल, रिलायन्स स्पीनिङ मिल्स र सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर साङगेका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३२८ प्रतिशतका दरले गुमाएका हुन् ।






