काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदी तोलाकाे ४ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal






