घरजग्गा कारोबारबाट गत माघमा ५ अर्ब राजस्व सङ्कलन

काठमाडौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५  अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा ५  अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत  ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैया, रजिस्ट्रेसन दस्तुर  दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ सङ्कलन भएको थियो ।

त्यसैगरी पुँजीगत लाभकरबापत  एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *